११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा आज बर्षकै धेरै चिसो



२७ मंसिर । निरन्तर घट्दै गएर आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । या तापक्रम यस वर्षको अहिलेसम्मकै धेरै कम हो ।

आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ ।

आज दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान महाशाखाको रहेको छ ।

हाल नेपालमा पश्चिमी भुभाग गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक÷दुई स्थानमा वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपात रहेपनि भोलि (बिहीबार) मौसम सफा हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ५४ बजे