९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश



२८ मंसिर । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ। खाणलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर भएको छ। उच्च अदालतको आदेशपछि खाण धरौटीमा छुट्ने तयारीमा छन्।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाण धरौटीमा छाड्ने गरी यसअघि उच्चकै न्यायाधीश जनक पाण्डेले दिएको व्यक्त गरेको रायलाई समर्थन गरेको छ। उक्त रायसँगै जिल्ला अदालतको आदेश बदर भई खाण थुनामुक्त हुने भएका छन्। अब उनले जेल बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने छन्।

यसअघिको सुनुवाईकाक्रममा उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो। न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने अर्का न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।