९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीबाट मोटरसाइकल चोरेर नम्बर प्लेट फेर्दै गरेकोे अवस्थामा दुई जना पक्राउ



काठमाडौं
१ पुस । काठमाडौंको कलंकीबाट मोटरसाइकल चोरै नम्बर परिवर्तन गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
दुवैजना धादिङ गजुरी गाउँपालिका ८ किरनचौरका स्थायी बासिन्दा हुन् ।
कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२–०४० प ६३८१ नम्बर तथा बा.प्र ०२–०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।