२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


डाक्टर नवराज प्रधानको ’ठुली’ गीतमा श्रद्धा र गौरवको जोडी



काठमाडौं
३ पुस । डाक्टर नवराज प्रधानको नयाँ गीत युट्युब च्यानलबाट प्रशारण भएको छ ।
ओएसआर डिजिटलबाट प्रशारणमा आएको ’ठुली’ बोलको गीत गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।

गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालिप्रसाद बास्कोटाले गरेका छन्।
भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री अ भिनय हेर्न सकिन्छ । प्रेमी–प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत भएका छन् । पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।