११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको दुवाकोटमा एक किशोरीलाई बलत्कार गरेको अभियोगमा पुरुष पक्राउ



भक्तपुर
४ पुस । भक्तपुरको दुवाकोटमा एक किशोरीलाई बलत्कार (जबरजस्ती करणी)गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका २ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोमबहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
स्याङतानले किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–५ पिखेलबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : १५ बजे