ललितखबर
५ पुस । ऐतिहाँसिक राजपरिवारको कथामा चलचित्र ‘राजमहल’ निर्माण हुने भएको छ ।
राजधानी आयोजित पत्रकार सम्मेलनमा दिइउको जानकारी अनुसार माघको पहिलो हप्ताबाट चलचित्र ‘राजमहल’ छायांकन हुँदैछ । चलचित्र नेपाल अष्ट्रेलिया र न्युजिल्यान्डमा छायांकन हुने भएको छ ।
चलचित्रमा अभिनेताहरु सलोन बस्नेत, रमेश उप्रेती, सरोज खनाल, अर्जुन श्रेष्ठ,अभिनेत्रीहरुमा आँचल शर्मा,सिम्रन पन्त, मिथिला शर्मा, मिस पविलगायतले अभिनय हेर्न पाइने भएको छ ।
सबिन कुमार तेलाङ्गीको डेब्यू निर्देशनमा बन्ने चलचित्र ‘राजमहल’को अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । फिल्मका कार्यकारी निर्माता ऋषि लामिछाने हुन् भने मुख्य निर्माताको रुपमा शोभा श्रेष्ठ र यश बहादुर गुरुङ छन् ।
चलचित्रमा कार्यकारी निर्माता शिबराज काकी र ऋषि लामिछाने रहेका छन् । अन्तराष्ट्रिय निर्माता अनिल पाण्डे र प्रिन्स युवराज कार्की सँगै अष्ट्रेलीयाको तर्फबाट माधव गहतराजको लगानी रहने बताइएको छ ।
चलचित्रको सह–निर्मातामा साहिल श्रेष्ठ र झगेन्द्र धिमाल छन्
प्रतिक्रिया