११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गोंगबु बृद्धाश्रममा एक बृद्ध मृत फेला



५ पुस । काठमाडौंको गोगँबुस्थित एक बृद्धाश्रममा एक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं टोखा नगरपालिका ९ गोंगबुस्थित हिमालय बृद्धाश्रममा बस्दै आएका ७१ वर्षीय गुम बहादुर सारु मगर मृत फेला परेका हुन् । उनी बिहीबार सोही आश्रममा आफ्नै सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेको प्रहरीको घनाई छ ।
साथै काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भई मण्डनदेउपर नगरपालिका ७ ठुलोचौरमा पनि एक बृद्धा मृत फेला परेकी छिन् । आफ्नै भाइको घरमा बस्दै आएकी ७० वर्षीया सानुमाया लामा भान्छा कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
दुबै घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  २ : ५९ बजे