८ पुस । क्रिकेटर सन्दिप लामिछानेको बलत्कारको मुद्दा फैसला नगरी ३३ औपल्ट पनि सरेको छ ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको हो। फैसला नगरी पन्छाइँदै आएको उनको मुद्दा अहिलेसम्म ३३ पटक पेसी चढिसकेको छ । २०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो ।
आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा उनीविरुद्धको मुद्दामा सुनुवाइ भए पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको हो । सन्दीपविरुद्धको मुद्दामाथि सोमबार पनि न्यायाधीश ढकालकै इजालसमा सुनुवाइ हुने छ ।
यो मुद्दामा पटक पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएको छ ।








प्रतिक्रिया