१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदामचौरमा वडा स्तरीय फुटबल’ प्रतियोगिता सुरु



८ पुष । गोदावरी नगरपालिकाको गोदामचौरमा वडा स्तरीय फुटबल’ प्रतियोगिता सुरु भएको छ ।
गोदावरी नगरपालिका वडा १ को गोदामचौरस्थित फुटबल ग्राउन्डमा ’ ७ ए साईड वडा स्तरीय फुटबल’ प्रतियोगिता मेयर गजेन्द्र महर्जनले शुभारम्भ गरेका छन् ।
शनिबार गोदावरी नगरको वडा १ को आयोजनामा नगरका मेयर गजेन्द्र महर्जनले फिफाका रेफ्री राधिका शाक्यलाई बल हस्तान्तरण गरे ।
उद्घाट्न खेल वडा १ महेन्द्र र मूलपानी युवा क्लब वडा ३ को बीच प्रतिस्पर्धा भएको छ।

उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेकोमा जम्मा खेलाडी १३२ जना रहनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार दोस्रो हुनेलाई नगद २० हजार र तेस्रो पुरस्कार नगद १० हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी ‘म्यान अफ द म्याच’ र उत्कृष्ट खेलाडीलाई पुरस्कार दिइने खेल संयोजक सुमन आचार्यले जानकारी दिए ।

खेल अवधिभर खेलाडीहरूलाई दुर्घटना भएमा प्राथमिक स्वास्थ्य दुर्घटना बीमा २ लाखको दिने व्यवस्था गरिएको छ।
खेल प्रतियोगिता पुष ७ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् ।
रासस अर्चना झा

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : ५१ बजे