२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जङ्गलमा सासू र बुहारी मृत अवस्थामा फेला



नवलपुर
९ पुस । जङ्गल गएका सासूबुहारी मृत्यु फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा विनयी त्रिवेणी गाउँपालिका १ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् ।
प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताएका छन् ।
“उहाँहरु नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका लागि गएका थियौँ”, उनले भने, “खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो ।”
प्रनाउ पौडेलकाअनुसार विष्णुको बायाँ कम्पर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो ।
शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबा मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रनाउ पौडेलले बताए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।