५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘डंकी’को कलेक्सन चार दिनमा सय करोड



९ पुस। शाहरुख खान स्टारर बलिउड फिल्म ‘डंकी’ सय करोड क्लबमा प्रवेश गरेको छ।

गत बिहिबारदेखि प्रदर्शन भएको यस फिल्मले भारतभर चारदिनमा सय करोड भारतीय रुपैयाँ कलेक्सन गरेको हो।

पहिलो दिन डंकीले बक्सअफिसमा ३० करोड भारुको ओपनिङ गरेको थियो। त्यसैगरि, दोस्रो दिन २० करोड ५० लाख र तेस्रो दिन २५ करोड भारु कलेक्सन गरेको थियो। त्यसैगरि, चौथो दिन आइतबार फिल्मले ३१.५० करोड भारु कमाएको छ।

क्रिसमसडेले फिल्मको व्यापारमा थप फाइदा पुग्ने देखिन्छ। फिल्मले घरेलु बक्सअफिसमा जम्मा १०६.४३ करोड कलेक्सन गरेको छ।

हिन्दी भाषामा मात्रै रिलिज भएको यस फिल्मले विश्वभर भने १५७ करोड बढीको व्यापार गरिसकेको छ।

राजकुमार हिरानी निर्देशित यस फिल्ममा फिल्ममा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ। यस फिल्ममार्फत राजकुमार र शाहरुखले पहिलोपटक सहकार्य गरेका हुन्।

रेड चिलिज इन्टरटेनमेन्ट, राजकुमार हिरानी फिल्मस् र जियो स्टुडिओको ब्यानरमा निर्माण भएको फिल्मको कथा हिरानीले नै लेखेका हुन्।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।