११ पुस । नेपाली चलचित्रकी नायिका हुन् मलिका महत । पछिल्लो समयमा नाटकबाट आएका कलाकारहरुको चलचित्र क्षेत्रमा बोलवाला चल्न थालेपछि उनी पनि रंगमञ्चमा अभिनय गर्ने मुड चलेर हो कि किन हो उनी नाटक ‘पगला घोडा’मा अभिनय गर्दैछिन् ।
यसै सन्दर्भमा राजधानीको मण्डला थियटरमा उनी सञ्चारकर्मी पत्रकारहरुमाझ उनी नाटकबारे अनुभव सुनाइन् ।
पहिलो पल्ट रंगमञ्च उक्लेकी मलिकालाई नाटकमा अभिनय गर्न गाह्रो भयो रे । उनले नाटक पगला घोडाभित्र रहेका चार जना पात्रको भुमिका निभाएको खुलासा पनि गरिन् ।
स्कूल र कलेजमा नाटकमा अभिनय गर्र्नुबाहेक उनलाई रंगमञ्चको अनुभव नै रहेनछ । जुन कुरा अभिनेत्री महतले पत्रकारसामु बेलिविस्तार लगाइन् ।
डेव्य नाटकमै एकै पल्ट चार पात्रको भूमिका निभाउने मलिकालाई गाह्रो हुने नै भयो नि ।
निर्देशक घनश्याम श्रेष्ठले उनलाई चार चार वटा पात्रको अभिनय गराउनुको रहस्य चाही खोलेनन् । रजतपटकी अभिनेत्री महतले महँगो शुल्क मागेपछि निर्देशकले भारी बोक्न लगाएको पनि हुनसक्छ ।
एउटै कलाकारले चार चार वटा भारी बोक्ने अनि गाह्रो भयो भन्न त मिलेन नि मलिका जि ?
प्रतिक्रिया