५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘डिग्री माइला’को फस्टलुक पोस्टर सार्वजनिक



१२ पुस । फिल्म ‘डिग्री माइला एमए थ्रड क्लास’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङको क्यारेक्टर लुकलाई देख्न सकिन्छ।
पहिलोपटक दयाहाङको लुक सार्वजनिक गरिएको हो। ‘किन चाउरियो मरिच, आफ्नै रागले’ क्याप्सन लेखिएको पोस्टरमा दयाहाङ गम्भीर अवतारमा देखिएका छन्।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङका साथै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतको अभिनय छ।

बाँसुरी फिल्मस् प्रस्तुति रहेको यो फिल्मका केही दृश्यहरु छायाङ्कन गर्न बाँकी छ। शुष्मा प्रोड्कसनको सहकार्य समेत रहेको यो फिल्म २०८१ को नयाँ वर्षको अवसरमा रिलिज गर्ने आयोजकको तयारी छ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।