२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटीःप्रतिवेदन



१२ पुस । गत वर्षकाे माघे संक्रान्तिमा पाेखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारणले भएको निष्कर्ष निकालिएकाे छ । बिहीबार जाँच आयोगले विमान दुर्घटना मानवीय कारणले भएकाे भन्दै आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।

२०७९ माघ १ गते, यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी नम्बरकाे विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए। साे दुर्घटनामा चालक दलको कमजोरी भएकाे भन्दै दुर्घटना जाँच आयोगले निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएकाे हाे ।

उक्त दुर्घटना हालसम्मकै सबैभन्दा ठूलाे दुर्घटना हो । विमानका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएपछि विमान दुर्घटना भएकाे दुर्घटना जाँच आयोगकाे निष्कर्ष छ । दुर्घटनाको कारणमा मानवीय कारण दोषी मानिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।