३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर



१३ पुस । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो। राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेकै वेला लामिछानेमाथि गत वर्ष भदौ २२ गते जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। ०७९ भदौ ५ गते काठमाडौंको एक होटेलमा सँगै बसेको र आफूमाथि बलात्कार भएको भन्दै पीडित किशोरीले जाहेरी दिएकी थिइन्।

अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा गत वर्ष १४ कात्तिकमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो।क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा रहेकै वेला जाहेरी परेपछि केही समय सम्पर्कविहीन भएका लामिछाने ०७९ असोज २० गते नेपाल फर्किएका थिए। दोषी ठहर भएका लामिछानेको सजाय निर्धारणका लागि भने अदालतले अर्को पेसी तोकेको छ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।