१३ पुस । एनसेल घोटाला प्रकरण सम्बन्धमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्न लगायतको आग्रहसहित मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले २२ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।
शुक्रबार काठमाण्डौको माइतीघरमा आयोजित विरोध प्रदर्शनबाट प्रहरीले सअधिकारकर्मीहरु कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारासहित २२ जनालाई गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।
प्रदर्शनमा सहभागीहरुले प्लेकार्ड प्रदशर्न गरेका थिए ।
एनसेल घोटाला प्रकरणलाई अधिकारकर्मीहरुले राज्य विरुद्ध अपराध भन्दै आएका छन् । उक्त घोटाला प्रकरणमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुकै संलग्नताको तथ्य बारम्बार आएको भन्दै न्यायीक छानविन आयोगको माग गर्दै आएको छ ।








प्रतिक्रिया