११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘यो देशले मुर्दाघर बनाउछ,बाच्ने ठाउँ दिदैन’



१३ पुस । काठमाडौं महानगरका मेयर वालेन शाहले शुक्रबार मध्यराती देशको राजनीतिक व्यवस्थालाई व्यङ्य गर्दै देशले मुर्दाघर बनाइरहेको कवितात्मक शैलीमा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले कडा ढंगले राजनीतिक व्यवस्थामाथि गम्भिर टिप्पणी गरेका हुन् । उनले देशले सज्जनलाई लाचार बनाइरहेको मर्न बाध्य बनाइरहेको टिप्पणी गरेका हुन् ।

ललितपुरको ग्वार्कोमा एपिएस कोरिया शाखामा भाषा परिक्षा दिन नपाएका युवाहरुले वालकुमारी विरोध प्रर्दशन गर्दै भौतिक योजना तथा यातयात मन्त्री प्रकाश जवालाको गाडी लगाएपछि भएको झडपमा गोलि लागेर दुई जनाको ज्यान गएको घटनाको सर्वत्र विरोध भइरहेको छ । सोही क्रममा मेयर बालेनको पनि टिप्पणी आएको हो ।
उनी स्वतन्त्र राजनीतिको हिमायती हुन् । राजनीतिक दलमा आबद्ध भएको अवस्थामा स्वार्थपूर्ण कामकारवाही हुने तर्क आइरहेका छन् ।
पछिल्लो समय मेयर बालेन केन्द्र सरकारको काम कारवाही प्रति सन्तुष्ट नभएको उनको भनाईहरुबाट बुझन सकिन्छ ।
केन्द्र सरकारले उपत्यकाको फोहोर व्यावस्थापन नीजि कम्पनीलाई दिन चाहेको विषयमा असहमती जनाउदै अन्य नगरपालिकाहरुको मिलेमतोमा काम हुनसक्ने आशंका गर्दै आइरहेका छन् ।
उनले यही सन्दर्भमा उपत्यका मेयर फोरमको बैठक समेत गरिसकेका छन् । मेयर बालेनको कार्यशैलीलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सन्तुष्ट नभएको एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री दाहालको भाषणपछि प्रकाशमा आएको थियो ।
उनले लेखेको कवितात्मक भनाई :

यो देशले सज्जनलाई लाचार बनाउछ,
लाचारलाई मर्न बाध्य बनाउछ ,
मर्न नसकेकोलाई अपराधी बनाउछ,
अपराध पछी आफु उठ्ने माध्यम बनाउछ ।
यो देशले मुर्दाघर बनाउछ,
बाच्ने ठाउँ दिदैन ,
परीस्थितीले लाशको दर बनाउछ,
मान्छेलाई भाउ दिदैन ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ४३ बजे