ललितखबर
१४ पुस । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि मनोरञ्जनात्मक कार्यक्रममा कार्यक्रममा सहभागी भएका छन् ।
उनीहरु शनिबार कास्कीको लेखनाथ महोत्सवमा सहभागी भएर दर्शकलाई मनोरञ्जन दिएका हुन् ।
टेलिचलचित्र धुर्मुस र सुन्तलीको अनुहारमा चर्चा कमाउका उनीहरु शनिबार पनि सोही अनुहारमा स्टेज चडे । महोत्सवमा दर्शकको भीड थियो ।
कार्यक्रममा बोल्दै कलाकार सिताराम कट्टेल धुर्मसले अब निरन्तर सार्वजनिक कार्यक्रममा सहभागी भएर मनोरञ्जन दिने प्रतिबद्धता व्यक्त गरे ।
२०७२ सालको भुकम्पपछि देशका विभिन्न भुभागमा घर निर्माण गरेर पिडितहरुलाई सहयोग गरेका यो जोडीले चितवनमा क्रिकेट रंगशाला बनाउन जुटेको थियो । २०७६ सालबाट सुरु भएको कोरोना महामारीपछि छाएको आर्थिक मन्दीपछि रंगशाला निर्माणमा सहयोग नजुट्दा कलाकार जोडी धुर्मुस सुन्तली समस्यामा थिए ।
पछिल्लो समय यो रंगशाला वागमती प्रदेस सरकारले जिम्मा लिने भएपछि कलाकारिता क्षेत्रमा पुन फर्किने भएका हुन् ।
रंगशाला अपत्र परेपछि उनीहरुलाई आलोचकहरुले विभिन्न आरोप लगाएका छन् । कलाकार धुर्मुस सुन्तलीले भने आरोप निराधार भएको भन्दै प्रतिवाद गरिरहेका छन् ।
तस्वीर सौजन्य ः गोपीकृष्ण चापागाईं
प्रतिक्रिया