११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगे बालेन



२० पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह धरान पुगेका छन् । मेयर शाह शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगेका हुन् । मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रुपमा निमन्त्रणा गरेका थिए ।

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री व्यस्तताका कारण धरान आउन नसक्ने जानकारी दिएपछि मेयर सम्पाङ आक्रोशित बनेका थिए । काठमाडौँ महानगरपालिका मेयर शाह र धरान उपमहानगरपालिका मेयर सम्पाङबिच सुरु देखि नै सहयोग आदान प्रदान हुँदै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : १७ बजे