३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्लाहीमा मारिएका साहको परिवारलाई सरकारले १० लाख दिने, छानबिन समिति गठन



२१ पुस । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले राहत स्वरूप १० लाख रुपैयाँ दिने भएको छ । गृह मन्त्रालयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ ।

गृह मन्त्रायले घटना सम्बन्धमा अध्ययन गर्न ३ सदस्यीय छानबिन समिति बनाएको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको ३ सदस्यीय छानबिन समिति बनाइएको छ ।

समितिलाई ७ दिनभित्र प्रतिवेदन दिन भनिएको छ । गृह मन्त्रालयले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रका विषयमा राजनीतिक दलबीच भएको विवादपछि विरोध प्रदर्शन हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । घटनामा बरहथवा–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।