२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बरहथवामा सहमति, आन्दोलन फिर्ता



२२ पुस । सर्लाहीको बरहथवा घटनामा आन्दोलनरथ पक्षसँग सहमति भएको छ। आइतबार साँझ भएको, आदोलनरथ पक्ष, मृतकका परिवार र प्रशासनबीच भएको छलफलमा ११ बुँदे सहमति भएको हो।

आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलनरत पक्षका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

सहमतिसँगै आन्दोलनरथ पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। बरहथवा शुक्रबार ज्यान जाने गरी भएको घटनाको छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति छ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर व्यवसायी जयशंकर साहको मृत्यु भएको थियो। त्यसपछि बरहथवा तनावग्रस्त बनेको थियो।

सहमतिपछि तीन दिनेदेखि घटनास्थलमै रहेको साहको शव पनि उठ्ने छ। प्रहरीले शवको मुचुल्का उठाएको छ। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भइरहको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।