११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंबाट हेटौडा जाने दुई सडक बन्द, कान्तिलोकपथमा ट्राफिक चाप



२३ पुस । हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीकाकुलेखानी मातातीर्थ सतुङ्गल सडक र कुलेखानी फाखेल फर्पिङ सडक बन्द भएपछि दक्षिण ललितपुर हुँदै हेटौडा जाने कान्तिलोकपथमा ट्राफिक चाप परेको छ । कुलेखानी फाखेल फर्पिङ सडक स्तरोन्नतिका लागि सोमबारबाट आगामी चैत मसान्तसम्म गाडी चल्न रोकिएको छ ।
कुलेखानी मातातीर्थ सतुङ्गल सडक पनि स्तरोन्नतिका क्रममा गत मङ्सिर २१ गतेबाट एक महिनाका लागि बन्द गरिएको छ । दुवै सडक बन्द भएपछि अहिले कान्तिलोकपथबाट टाटा सुमोको ताँती लागेको छ ।
पछिल्लो समय अत्याधिक टाटा सुमो र ठूला गाडी समेत यस सडकबाट आउन र जान थालेपछि चापागाँउ, ठेचोर सुनाकोठीमा ट्राफिक जाम पर्न थालेको ट्राफिक प्रहरी प्रभाग चापागाँउले जानकारी दिएको छ ।
प्रभागले सकेसम्म ट्राफिक चाप पर्ने समय विहान र साँझ विकल्प सडक प्रयोग गर्न सुझाएको छ ।
यो सडकमा टिकाभैरव लेले क्षेत्रबाट ढुंगागिटी बोक्ने साना गाडी सकेत गुड्ने हुँदा आजकल समस्या परेको छ । कार्यालय समय र विद्यालयको बस समेत एकै पल्ट आवतजावत गर्नाले समस्या थपिएको हो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ३२ बजे