२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक : सिटौला



२३ पुस । कांग्रेस नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारीकाे आवश्यकता औंल्याएका छन्। राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवारी गरेपछि सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले त्यस्ताे बताएका हुन्। उम्मेदवारी दर्ताका लागि सिटाैला काेशीकाे राजधानी विराटनगर पुगेका थिए।

राष्ट्रियसभामा पुगेपछि राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा साझा दृष्टिकोणका साथ संसदमा भूमिका निर्वाह गर्न सक्ने देखेर पार्टीले आफूलाई उम्मेदवार बनाएको उनले स्पष्ट पारे। राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरुको समझदारी निर्माण गर्न पहल थाल्ने उनकाे भनाइ थियाे।

नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक रहेकाे बताउँदै उनले भने, ‘सबै दलहरुबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढंगले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रुपबाट संयुक्त भएर जानु आवश्यक छु।’ उम्मेदवार छनेटको सन्दर्भमा जतिसुकै विमति भए पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन एकताबद्ध भएर निर्वाचनमा होमिने पनि उनले बताए।’

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।