११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दिनदाहाडै बसभित्र पसेर पाकेट मार्ने दुई युवक पक्राउ



२४ पुस । काठमाडौं महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रूपैयाँ पाकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई काठमाडौं टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : १६ बजे