२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ देखि देशभर प्रर्दशन हुने



काठमाडौं
२५ माघ । विर गोर्खालीको कथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ यही फागुन ११ गतेबाट देशभर प्रर्दशन हुने मिती तय भएको छ ।
मिलन चाम्स निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ नेपाली, अंग्रेजी र हिन्दी भाषामा तयार पारेर पछिल्लो समय कोरियन भाषामा स्वरांकन गरिँदैछ ।
सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथा चलचित्रमा देखाइएको छ ।
च्लचित्रमा विजय लामा ,रितेश चाम्स, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, सुमन गुरुङलगायतको अभिनय छ ।
निर्मातामा निर्देशक चाम्स, सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । सुरेश राई सह–निर्माता रहेको सिनेमामा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखेका हुन् ।

 

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ५७ बजे