५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ देखि देशभर प्रर्दशन हुने



काठमाडौं
२५ माघ । विर गोर्खालीको कथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ यही फागुन ११ गतेबाट देशभर प्रर्दशन हुने मिती तय भएको छ ।
मिलन चाम्स निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ नेपाली, अंग्रेजी र हिन्दी भाषामा तयार पारेर पछिल्लो समय कोरियन भाषामा स्वरांकन गरिँदैछ ।
सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथा चलचित्रमा देखाइएको छ ।
च्लचित्रमा विजय लामा ,रितेश चाम्स, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, सुमन गुरुङलगायतको अभिनय छ ।
निर्मातामा निर्देशक चाम्स, सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । सुरेश राई सह–निर्माता रहेको सिनेमामा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखेका हुन् ।

 

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।