२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ आजदेखि प्रर्दशन हुँदै



२७ पुस । आजदेखि चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ देशभरका चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ ।
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘चित्रा’ र दीपक श्रेष्ठले निर्देशन गरेको ‘पर्खी बसेँ तिमीलाई’ पृथ्वी जयन्ती शनिबार र माघेसंक्रान्तिको विदाको छेको पारेर प्रर्दश नगरिएको छ ।
चलचित्र ‘चित्रा’मार्फत अभिनेता सन्तोष अधिकारीले डेव्यु गरेका छन् । चलचित्रमा कलाकारहरु प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय हेर्न सकिन्छ ।
बाबु छोरीको कथामा आधारित चलचित्र ‘चित्रा’ परिवार नमिल्दाको मनोदशा देखाइएको छ । गत सोमबार राजधानीमा यस चलचित्रको प्रिमियर गरिएको थियो ।
चित्राका निर्माता आशिष थापा मगर हुन् । अभिनेता समेत रहेका सन्तोष अधिकारी चलचित्रको कार्यकारी निर्मातामा समेत रहेका छन् । चलचित्रको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् ।
महेश पौडेलले छायांकन गरेका ‘चित्रा’ बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन् । चलचित्र चित्राको संगीत राजनराज सिवाकोटीले भरेका छन् र मनिष गौतमले चलचित्रको पटकथा एवं संवाद लेखेका थिए ।
दीपक श्रेष्ठले निर्देशन गरेका ‘पर्खी बसेँ तिमीलाई’ चलचित्रमा पठाओ चलाएर जीवन चलाउँदै आएको एक युवाको कथा रहेको छ ।
यस चलचित्रमा अभिनेत्री रक्षा बुढाथोकी र अभिनेता किरण श्रेष्ठको अभिनय छ । चलचित्रमा पुराना अभिनेता शिव श्रेष्ठ वावुको भूमिकामा चलचित्रमा देखिएका छन् । कलकारहरु विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतको अभिनय हेर्न पाइन्छ ।
चलचित्र राजाराम बुढाथोकीको निर्माता र कोमल गुरुङ सह निर्माता छन् । चलचित्रको छायाँकन नेपासँगै सिक्किममा गरिएको छ । चलचित्रमा संगीतकार शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत छ ।

 

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ३ : ०७ बजे