६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भाइरल ‘भेलु बाजे’ विरामी, युट्युवर भोजराजले ल्याए अस्पताल



ललितखबर
६ माघ । एकताका सामाजिक सञ्जालमा हास्य कलाकारको रुपमा भाइरल  मानबहादर बुढा अर्थात् ‘भेलु बाजे’ गम्भिर विरामी परेका छन् ।
भाइरल ‘भेलु बाजे’ विरामी परेर अलपत्र परेको खबरपछि युट्युवर भोलाराज थापाले प्युठानबाट काठमाडौं ल्याई धापासीस्थित ग्रीनसिटी अस्पतालमा भर्ना गरेका छन् । युट्युबर थापाले आफैले गाडी चलाएर प्युठानबाट राजधानी ल्याएका हुन् ।
विरामीपछि ‘भेलु बाजे’को अनुहार सुन्निएको छ भने हात कामिरहेको देखिन्थ्यो ।
केही समयअघि उनको जीवन संगीनीको मृत्यु भएपछि उनी पत्नी शोकमा थिए । पत्नी शोकपछि उनी मदिरा सेवन बढाउदै गएका थिए ।
अर्का युट्युवर तेजेन्द्र पराजुलीको सहयोगमा काठमाडौं ल्याइएको उनले बताए ।
थापाले ग्रीनसिटी अस्पतालका संचालक तथा अध्यक्ष लोक बहादुर टण्डनले उनको निःशुल्क उपचार गराउने जानकारी दिए ।
गतबर्षसम्म सामाजिक सञ्जाल युट्युवमा भाइरल बनेपछि युट्युबर उनलाई पछ्याएर भिडियो बनाउने गर्दथे । उनको भनाई र दृश्य युट्युवमा विक्री हुने भएपछि उनको भिडियो धेरै युट्युवमा राखिएको भेटिन्थ्यो ।
पछिल्लो समय युट्युवरले भाइरल बाजेको भिडियो बिक्न छोडेपछि वास्ता नगरेको भन्दै आलोचना भएको थियो ।

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ५५ बजे