७ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले संविधानसभा सदस्य समेत रहेका तामाङलाई दोषी ठहर गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो । विशेष अदालतले उनीविरुद्धको कसुर निर्धारणका लागि माघ २१ गते अर्को पेसी तोकेको छ ।
७ माघ २०८०, आइतबार
24
Shares








प्रतिक्रिया