२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तपस्वी बम्जनविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीका बुबाको दुर्घटनामा मृत्यु



१० माघ । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीका बुवाकाे मृत्यु भएको छ ।  सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा मृत्यु भएको हो ।

प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले सवारी दुर्घटनामा घाइते भएपछि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको थियो ।

उनको मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । दुर्घट्नामा केही घाइते भए पनि अस्पतालबाट डिस्चार्ज भएका अधिकारीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको हो ।

बाराको रतनपुरीस्थित जंगलको आश्रममा बस्दा बम्जनले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै किशोरीले अदालतमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि लामो समय फरार रहेका बम्जनलाई प्रहरीले पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

पुस २६ गते सिन्धुली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासलेले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी हाल महोत्तरीको जलेश्वर कारागार बन्दी जीवन बिताइरहेका छन् ।

उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएसँगै जिल्ला प्रहरी कार्यालय बारामा एकजनालाई बेपत्ता बनाएको र अर्का व्यक्तिको हत्या गरेको आरोपमा दुईवटा जाहेरी दर्ता भएका छन् । बम्जनले सिमरा उप महानगरपालिका–१५ वडहर्वाका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको तथा सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिता बोटको हत्या गरेको आरोपमा जाहेरी परेका हुन् ।

उक्त जाहेरी उपर पनि प्रहरीले अनुसन्धान गरिरहेका बेला जाहेरी दिने किशोरीका बुवाको दुर्घटना संयोगमात्र मान्न नसकिने उनका परिवारको आरोप छ । केही दिन अघिमात्र म्जनले गरेको यौन शोषणबारे सञ्चार माध्यममा बोलेका उनको षड्यन्त्र गरेर हत्या गरिएको उनका परिवारका सदस्यले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।