६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कमेडी च्याम्पियन तेश्रो सिजन फागुन ३ गतेबाट



 

१० माघ । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ ।
बुधबार काठमाण्डौँको पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो। पत्रकार सम्मेलनमा थ्रि प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजनविच सम्झौता पत्रमा हस्ताक्षर भए संगै कार्यक्रम प्रशारणको घोषणा भएको हो। मार्केटिङ एजेन्सि एडि रिलिज र विज्ञापनदाताहरुसंग सोही कार्यक्रमा सम्झौता पत्रमा औपचारीक हस्ताक्षर भएको थियो।

यस पटक कमेडि च्याम्पियनले आफ्नो कार्यक्रममा थोरै परिवर्तन ल्याएको कार्यक्रम निर्देशक विशाल भण्डारीले जानकारी दिए । अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरेका छन् । अघिल्ला २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाईएको छ भने यसपछि उत्कृष्ट १५ को सट्टा उत्कृष्ट १६ को छनौट हुने भएको छ । अन्य नियम भने यथावत रहेको निर्देशक भण्डारीले जानकारी दिए ।
प्रसारण संस्था कान्तिपुर टेलिभिजनको प्रतिनिधित्व गर्दै सुरजसिंह ठकुरीले हाँस्यव्यङ्ग्य कार्यक्रममा गरिने सेन्सरसिपमा आफू केही हदसम्म गम्भिर र कार्यक्रमको प्रकृती दुवैलाई सन्तुलन गरेर अगाडि बढ्नेमा विश्वास दिलाए।

डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो । हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको जानकारी गराएका छन्।

पहिलो सीजनमा हिमेश पन्त, सुमन कार्की लगायत दलेदाईको उत्कृष्ट प्रस्तुतिबाट सबको मनमस्तिष्कमा राज गर्न सफल भएको यो कार्यक्रमले दोस्रो सिजनमा भरतमणीको “पारस” र “घरबेटि” तथा सन्तोष थापाको “नेपाली टीचर” र बिक्की अग्रवालको पान्टोमाईमले कार्यक्रमलाई झनै यादगार बनाएको थियो ।

तेस्रो सीजनमा उमेरको हिसाबले ११ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न अब धेरै कुर्नु नपर्ने निर्देशक भण्डारीको भनाई रहेको छ।

देशकै अग्रणी मिडिया काम्तिपूर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओएसआर रियालिटिमा फागुन ३ गतेबाट प्रसारणमा आउन लागेको, नेपालको पहिलो मौलिक तथा सफल यस हाँस्य रियालिटी शो को मार्केटिङको जिम्मा मिडिया एजेन्सी एडि रिलिजले लिएको छ। कार्यक्रम हप्तामा २ दिन विहीबार र शुक्रबार बेलुका ९ बजे बाट प्रसारणमा आउनेछ।

उक्त एजेन्सीका अनुसार मुख्य प्रायोजकहरुमा डिशहोम फाईबरनेट, आईएमई लाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यति कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के एल दुगडद्वारा प्रबद्र्धन गरिएको स्काईवर्थ होम अप्लाएन्सेस् रहेका छन् भने थप प्रायोजकहरु जेडिने क्रममा छन् । त्यस्तै, भोटिङ पार्टनरमा खल्ति तथा मेक अप पार्टनर दी वान युनिसेक्स सालोन रहेका छन् भने वार्डरोबको व्यवस्थापनमा त्रीशूल र गराज रहेका छन्।
चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।

निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : २२ बजे