६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले गरे विकाश बोर्डले सहयोग नगरेको गुनासो



१२ माघ । चलचित्र ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले विकाश बोर्डले सहयोग नगरेको गुनासो गुनासो गरेका छन् ।
निर्देशक मिलन चाक्सले अन्तराष्ट्रिय स्तरको युद्धको कथा रहेको चलचित्र ‘गोर्खा वारियर’ निर्माण गरेर वेलायतमा ऐतिहाँसिक प्रिमियर आयोजना गर्दा समेत चलचित्र विशाश बोर्डले एउटा शुभकामना समेत नदिएको भन्दै दुखेसो पोखेका हुन् । उनले सरकारी संयन्त्रलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिदा धन्यवाद समेत नभनेको भन्दै रोष प्रकट गरेका छन् ।


वेलायतका प्रधानमन्त्री ऋषि सुनकले चलचित्रको प्रिमियरमा शुभकामना दिएकोमा उनले खुशी व्यक्त गरे । उनले भने, ‘वेलायती प्रधानमन्त्री सुनकको शुभकामनाका कारण प्रिमियर कार्यक्रम गर्न सझिलो भएको थियो ।’
उनले पछिल्लो समय चलचित्र क्षेत्र धरासाही अवस्थामा रहेको र नेपाली चलचित्रका मायाँ हुनेहरुले धानेको बताए ।
कलाकारहरुले सोसल मिडियामा एउटा शेयर गर्न समेत कन्जुस्याई गरेको उनको दुःख मनाउ थियो ।

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ५३ बजे