६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनयसम्बन्धी पाँचदिने कार्यशाला गर्दै चलचित्र विकास बोर्ड



१२ माघ । नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँचदिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बोर्डमार्फत एक सूचना जारी गर्दै इच्छुकलाई १५ दिनभित्र आवेदन दिन अनुरोध गरिएको बोर्डका सदस्य तथा कार्यशाला संयोजक राजु केसीले जानकारी दिएका छन् ।

“हामीले अभिनयमा इच्छा राख्नेलाई एउटा मार्ग तयार गर्न लागेका हौँ, यहाँ अभिनयसम्बन्धी प्राथमिक कुरा सिकेता पनि अगाडि बढ्ने मार्ग खोज्न सहज हुन्छ”, संयोजक केसीले भने ।

कार्यशाला यही माघ २९ देखि आगामी फागुन ४ गतेसम्म सञ्चालन हुने र कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेलमार्फत आवेदन पेस गर्न सकिने उनले बताए ।

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : २६ बजे