२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पुर्वप्रधानमन्त्री केपी शर्मा ओली अब फिल्ममा पनि देखिँदै



१४ माघ । फिल्म ‘नमेटिने घाउ’ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि देखिने भएका छन्।

आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो। उक्त घोषणा कार्यक्रममा ओली पनि सहभागी थिए।

फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुने छन्। फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो।

एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ। एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान देखिने छिन्।

फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन्।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।