४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अगस्त्य’को टिजरमा देखिएको ‘मान्छे भित्रको जनावर’



ललितखबर
१४ माघ । ललितपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्र ‘अगस्त्य च्याप्टर १’को टिजर सार्वजनिक गरिएको छ ।
आगामी फागुनको १८ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘अगस्त्य’मा अभिनेताद्वय नाजिर हुसेन र सौगात मल्लको रोचक द्वन्द्व देखाइएको छ ।

 

चलचित्रको पोस्टरमा अभिनेता सौगात मल्लको रोचक भेषभुसामा झुल्केपछि टिजरको प्रतिक्षामा रहेका दर्शकलाई टिजरमा ‘मान्छे भित्रको जनावर’को स्वरुप देखाइएको छ । चलचित्रमा सौगात मल्लको हातमा मेसिनगन चलेकोदेखि अन्धाधुन्द छुरा चलाइएको दृश्य समेटिएको छ । चलचित्रमा अभिनेता सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, अभिनेत्री मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ ।
चलचित्रलाई लेखक तथा निर्देशक सौरभ चौधरीको यस चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलले निर्माण सँगै विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, एस डी योगीको संगीत छ ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।