२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पोखरामा चलचित्र ‘दयारानी’को प्रिमियर शो



२२ माघ । माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’को प्रिमियर शो भएको छ। आइतबार पोखराको मिडटाउन सिनेमाजमा भएको प्रिमियर शोमा नेतादेखि कलाकारहरुको उपस्थिति थियो।
प्रिमियर शोमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ र मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ पुगे। त्यसैगरि, कलाकार प्रकाश घिमिरेदेखि गायकरसंगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक गुरुङ, अभिनेत्री दिया पुनको पनि उपस्थिति थियो।

मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र सिनेमा क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए। उनले फिल्मको कथाको पनि तारिफ गरे।

पूर्वअर्थमन्त्री किरण गुरुङले दयारानी उत्कृष्ट फिल्म भएको बताए। निर्देशक तथा लेखक गुरुङले अभिनय गर्नुभन्दा निर्देशन गर्न गाह्रो भएको सुनाए। अभिनेत्री दिया पुनले ‘दयारानी’ ले आफ्नो कलाकर्ममा अगाडी बढ्न सहयोग गर्ने विश्वास रहेको बताइन्। सिनेमामा रानीको भूमिकामा रहेकी दियाले यो चरित्रमा अभिनय गर्न पाउँदा नौलो लागेको सुनाइन्।

सिनेमामा दीयासहित दयाहाङ राई, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ। यो फिल्म आगामी शुक्रबारबाट रिलिज हुँदैछ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।