२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘हात्तीछाप २’ बन्ने, राजा बन्दै दीपकराज गिरी



२४ माघ । फिल्म ‘हात्तीछाप’ को दोस्रो श्रृंखला बन्ने भएको छ। फिल्मको अन्त्यमा अभिनेता दीपकराज गिरीको केमियो रोलसँगै सिक्वेलबारे घोषणा गरिएको हो। हिजो काठमाडौंमा हात्तीछापको प्रिमियर शो गरिएको थियो। जहाँ पुगेका दर्शकहरुका लागि दीपकको केमियो रोल सप्राइज रह्यो। किनकी यसअघि फिल्ममा दीपकको भूमिकाबारे खुलासा गरिएको थिएन।
फिल्मको इन्डिङ सिनमा दीपकराज संवादसहित पर्दामा देखिए। लगत्तै‘ हात्तीछाप २ः बोतल राजा’ को घोषणा गरिएको छ। दीपकलाई पर्दामा देख्नेबित्तिकै व्यापक हुटिङ बजेको थियो।
जसअनुसार अब दोस्रो पार्टमा दीपकराज गिरीनै प्रमुख भूमिकामा देखिने अनुमान गर्न सकिन्छ। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘हात्तीछाप’ आगामी शुक्रबारबाट रिलिज हुँदैछ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।