१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘दयारानी’ देशभरका १ सय १३ हलमा प्रर्दशन, हात्तीछाप १ सय ६४ हलमा



२५ माघ । चलचित्र ‘दयारानी’ देशभरका १ सय १३ हलबाट शुक्रबारदेखि प्रर्दशन हुने भएको छ । भने चलचित्र हात्तीछाप देभरका १ सय ६४ वटा पर्दामा प्रर्दशन हुने तय भएको छ ।
करिव एक महिनापछि प्रर्दशनमा आएका यी दुवै चलचित्र एकै दिन शुक्रबारबाट प्रर्दशनमा आउन लागेका हुन् । चलचित्र हात्तीछापले दयारानी भन्दा ५१ बटा बढी हल पाएको छ ।
शुक्रबारबाट प्रर्दशन हुने यी दुई मध्ये राम्रो व्यापार गरे हल थपिने निश्चित छ भने निराशाजनक व्यापार गरे चलचित्र हलबाट उत्रदै जानेछ ।
चलचित्र ‘दयारानी’लाई क्यूएफएक्स चेनले देशभरका हलमा ३६ पर्दामा देखाउन लागिएको छ । बिग मुभिजले ६ शो, वान सिनेमाजले नयाँ बानेश्वर र कालिमाटीमा गरेर ९ शोज, एफक्यूबले ४ शोज, आइएनआइएले १२ शोज दिएका छन् ।
चलचित्र दयारानी र हात्तीछाप माघको २६ गते भोलि शुक्रबारबाट देशभर प्रर्दशन हुँदैछ ।
चलचित्रमा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घलेलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको रामबाबु गुरुङ र अपिल विष्ट फिल्मका कार्यकारी निर्माता हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्र दयारानीमा शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको छ ।
चलचित्र हात्तीछापले क्यूएफएक्स चेनमा उपत्यकाका १५ हलमा प्रर्दशन हुने तय भएको छ भने वान सिनेमाज् १० वटा हल पाएको छ । वीग मुभिजले ६ वटा शो,एफक्यूब हलले ६ हल दिएको छ ।
सिमोस सुनुवारको निर्देशन रहेको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राईलगायतका कलाकारको अभिनय छ ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ५ : ४० बजे