ललितखबर
२६ माघ । राजधानीमा विहीबार साँझ चलचित्र दयारानी हेर्न पुगेका कलाकारहरुले चलचित्र हेरेपछि कलाकार र चलचित्रको प्रशंसा गरेका छन् ।
चलचित्र हेरेपछि निर्माता तथा कलाकार खगेन्द्र लामिछानेले चलचित्र हेर्दा बोर नहुने बताए । ‘चलचित्र चाडै सकिएको महसुस भयो । शायद राम्रो लागेर होला’ उनले भने ।
निर्देशक तथा लेखक माओत्से गुरुङ सबैको सकारात्मक प्रतिकृयाले खुशी देखिन्थे । उनले चलचित्र हेरेर शुभेच्छुकहरुले सकारात्मक प्रतिकृया दिएको बताए ।
अभिनेत्री केकी अधिकारीले चलचित्र हेर्दा रमाइलो भएको बताइन् ।
अभिनेत्री प्रियका कार्कीले दयाहाङ राईको पुरानो स्वरुप मन परेको बताइन् । ‘मौलिक र साधारण कथाले मन छोयो’ उनले भनिन् ।
अर्की अभिनेत्री उषा रजकले दयारानीको भूमिकामा रहेकी दिया पुनको प्रशंसा गर्दै धेरै राम्रो लागेको बताइन् । उनी हलबाट नाच्दै बाहिर निस्केको प्रतिकृया दिइन् ।
अभिनेत्री दिया पुनले सबैले राम्रो चलचित्र भन्दै हस्याएको बताइन् ।
चलचित्र दयारानी आजदेखि देशभरका चलचित्र भवनमा प्रर्दशन हुँदैछ ।
प्रतिक्रिया