२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास प्रकरणः मीनबहादुर गुरुङ दोषी ठहर, दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवाना हुने



३ फागुन । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदातलतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर गरेको छ । विशेष अदातलतले गुरुङलाई जग्गा हिनामिनाको मतियारको रुपमा दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवाना हुने ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई मुख्य अभियुक्त सरह नै दोषी ठहर गर्दै सजाय निर्धारण गरेको जनाएको छ । गुरुङसहित यो प्रकरणमा भूमाफिया किटान भएका रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गरिएको हो । उनीहरुले सरकारी जग्गा नक्कली मोही खडा गर्ने र व्यक्तिका नाममा लैजाने योजनाकारका रुपमा भूमिका खेलेको विशेष अदालतको ठहर छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।