१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ग्वार्को फ्लाईओभर निर्माणको हालत (तस्विरहरु)



ललितखबर
४ फागुन । पछिल्लो समय ललितपुरको ग्वार्को सडक ट्राफिक जामका कारण यात्रा कष्टकर बनिरहेको छ । सरकारले नेपालकै पहिलो फ्लाईओभर निर्माण सुरु गरेपछि ठेकेदार कम्पनीले काम धिमा गतिमा अघि बढाउदा सास्ती बढेको हो ।


आजकल ठेकेदार कम्पनीले फ्लाईओभरको पुलको पिलर निर्माण गरिरहेको छ । बीच सडकमा वाल निर्माणका लागि स्ल्याप निर्माण भइरहेको छ भने पुलको लागि बनाइने सात वटा बिम लगभग निर्माण भइसकेको छ ।
पुलको पिलर निर्माणपछि केही समय सुक्न दिने अनि परिक्षण हुने निमार्ण कम्पनीले जानकारी दिएको छ । यी काम पुरा भएपछि विम राखेर ढलान गरिनेछ ।


सडकतर्फ भने प्वाल बनाएर ग्राइभेल राखेर खाद्ने काम भइरहेको छ । बीच सडकमा माटो भरेर उठाइनेछ । ग्वार्को चोकमा पुल निमार्णपछि वालकुमारी सातदोबाटोतर्फ पुलमाथिबाट गाडी गुढ्नेछन् भने मंगलबजार इमाडोलतर्फ जाने गाडी पुलमुनिबाट जानसक्नेछन् ।


लामो समयसम्म डिजाइन नमिलेको भन्दै काम अलपत्र छोडेको निर्माण कम्पनीले सिमित कामदार राखेर काम गर्दा फ्लाई ओभरको काम समयमै सकिनेका शंका उत्पन्न भएको सरकारी अधिकारीहरु बताउछन् । । फ्लाई ओभरको निर्माणअवधि छोटो हुँदै गएपछि ठेकेदार कम्पनीको कामको गति बल्ल बढाएको छ ।
गत २०७९ मंसिर २३ गतेबाट निर्माण सुरु भएको फ्लाई ओभरको निर्माण अवधि २ बर्ष रहेको छ ।

     

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : ०१ बजे