काठमाडौँ
४ फागुन । नेपालमा आज पनि भुकम्पले धक्का दिएको छ । आज विहान ९ बजेर ३२ मिनेटमा बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
गत २०७२ साल बैशाख १२ गते गोरखा केन्द्र विन्दु भएर गएको महाभुकम्पपछि हजारौं भुकम्पले धक्का दिइरहेको छ ।








प्रतिक्रिया