४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अगस्त्य’मा अभिनेता नाजिर र सौगातबीच मित्रता



४ फागुन । चलचित्र ‘अगस्त्य’को कथामा अभिनेता नाजिर र सौगातबीच मित्रता रहेको देखाइएको छ भने चलचित्रमा बुलन्द रुपमा एक्सन दृश्यले भरिएको रहस्य टे«लरमार्फत खुलेको छ ।

सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ फागुनको १८ गतेबाट देशभर प्रर्दशनमा आउन लागेको छ ।
ट्रेलर हेर्दा एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुवैको एक्सन छरितो र बुलन्द देखिन्छ । ट्रेलरमा मानसिक सन्तुलन गुमेको चरित्रमा सौगात सशक्त देखिएका छन् । अभिनेता प्रमोद अग्रहरीको चरित्रचित्रण पनि ट्रेलरमा प्रभावशाली रहेको छ ।
एक्सन कोरियोग्राफी सशक्त देखिएको छ । ट्रेलरको बलियो पक्ष भनेको ब्याकग्राउन्ड म्यूजिक रहेको छ ।
फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्रबारे चासो बढेको छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्ममा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । यस्तै फिल्ममा सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर रहेको छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको हो । यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ । यसलाई अन्तर्राष्ट्रिय वितरण सेभेन सिजले गर्दैछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।