१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘महालक्ष्मी महोत्सव’ सुरु, इमाडोलबाट साइकल यात्रा



५ फागुन । आवबाट उत्तरी ललितपुरको महालक्ष्मी नगरमा महालक्ष्मी महोत्सव सुरु भएको छ । महोत्सवको क्रममा ललितपुरको इमाडोलबाट साइकल यात्रा सुरु गरिएको हो ।
पर्यटन विकासका लागि महालक्ष्मी नगरपालिकाले शनिबारदेखि सोमबारसम्म आयोजना गरेको महोत्सवको प्रचारका लागि साइकल ¥याली आयोजना गरिएको महोत्सवका संयोजक छिरिङ लामाले जानकारी दिएका छन् ।
आज विहान ग्वार्को इमाडोल पुलबाट संयोजक लामाले शुभारम्भ गरे ।
साईकल यात्रा इमाडोल, सानागाउँ, विसुन्डोल, शंखादेवी, ललितघुम्ती, ढुंगिन, लामाटार हँदै महालक्ष्मी मन्दिर सम्म पुगेर टुंगिनेछ ।
महोत्सवमा सांस्कृति ऐतिहासिक सम्पदाहरुको प्रदर्शन र अवलोकन, स्थानीय घरेलु उद्योगको उत्पादन, कृषि उत्पादन लगाएतको प्रदशनी रहने छ ।
पर्यटकीय क्षेत्र प्रचार प्रसारका लागि सोमबार मनमोहन टावर तथा गणेशमान सिंह पार्क, मानेदोभान, गुम्वाहरुको अवलोकन तथा दृश्यावलोकन रहेको छ ।

महोत्सवको उद्घाटन आज महालक्ष्मी नगरपालिकाकोे महालक्ष्मी मन्दिरको परिसरमा हुँदै छ भने लाकुरी भञ्ज्याङमा हुने बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : ४८ बजे