१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डिग्री माइला’को टिजरमा गल्ती, दयाहाङले थुक्दै अंग्रजी छाँटे



ललितखबर
८ फागुन । पछिल्लो समय सार्वजनिक चलचित्र ‘डिग्री माइला’को टिजरको संवादमै गल्ती भेटिएको छ । चलचित्रका अभिनेता दयाहाङ राईले त्रिभुवन युनिर्भसिटीलाई युनिभर युनिभरसिटी भन्दै बोलेको संवाद सुनिन्छ ।
पछिल्लो समय रेखा थापाले निर्माण गरेको चलचित्र ‘उपहार’मा पनि संवाद डविङपछिको लिप्सिङ मिलेको थिएन ।
अंग्रजी साहित्यमा डिग्री हाँसिल गरेका चलचित्र ‘डिग्री माइला’ले अंग्रजी भट्याउनुअघि थुकेको दृश्य राखेर चलचित्र डिग्री माइलाको टिजर सार्वजनिक भएको छ । अन्य चलचित्रभन्दा डिग्री माइलाको टिजर भन्न पारामा प्रस्तुत गरिएको देखिन्छ । चलचित्रमा माइला नाम गरेको दयाहाङले डिग्री लिएरको सन्दर्भमा शंका व्यक्त गर्दै गाँउ घरमा परिक्षा लिइरहेको दृश्य राखिएको छ ।
चलचित्रको टिजरमा दयाहाङसँगै आँचल शर्मा पनि अटाएका छन् ।
चलचित्रको टिजरले चलचित्रबारे थप रहस्य बढाएको छ भने चलचित्रको कथा झन् रोचक रहेको तथ्य खुलेको छ ।
नयाँ बर्षको अवसर पारेर प्रर्दशनमा आउन लागेको यो चलचित्र रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको सम्पादन निमेष श्रेष्ठ गरेका छन् भने शिवराम श्रेष्ठ र राइली एस सिनले खिचेका हुन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ४ : ४० बजे