१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धापाखेलमा मोटरसाइकल दुर्घटना, गोदामचौरका युवकको मृत्यु



१० फागुन । ललितपुरको धापाखेलमा मोटरसाइकल दुर्घटनापछि गोदामचौरका युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ धापाखेलस्थित सडकमा बा.९५ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका १ गोदाम चौर बस्ने १८ वर्षीय सम्पुर्ण रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ३ : १४ बजे