१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद्‍प्रति सरकार जवाफदेही नभए सडक आन्दोलन गर्ने रास्वपाको चेतावनी



१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले संसदको कुरा नसुने र जवाफदेही नभए आन्दोलन गगर्ने चेतावनी दिएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिए । उनले जनताको पीडा राख्दा सरकारले नसुनेपछि संसद् मात्रै होइन सडक पनि अवरुद्ध पार्ने चेतावनी दिए ।

श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन समितिले सरकारलाई बुझाए पनि त्यसलाई सार्वजनिक नगरेको र दोषी करार गरिएका मन्त्रीमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाए ।

‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ’ उनले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।