१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बौद्धमा मोटरसाइकल र ट्याङकरको ठक्करपछि पैदलयात्री युवतीको मृत्यु



११ फागुन । काठमाडौंको बौद्धमा बिहीबार बेलुकी मोटरसाइकल र ट्याङकरको ठक्करपछि एक युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्धमा बा.प्र.०२–०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट उनको मृत्यु भएको छ । बैद्धको फुटपाथमा हिडिरहेकी पैदलयात्री १८ वर्षीया सम्झना राइ नगरपालिको ६ नम्बर वडा तिनचुली बस्ने आएकी थिइन् । ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका २ वाक्सा घर भएकी उनको घटनास्थलमै मृत्यु भएको छ ।
मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ४५ बजे