१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भैसेपाटी सडकमा ट्याङ्करको ठक्करपछि स्कुटरमा सवार युवतीको मृत्यु



११ फागुन । ललितपुरको भैसेपाटीमा एक पानी ट्याङ्करले स्कुटर चालक युवतीलाई ठक्कर दिदा मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २५ भैँसेपाटी सडकमा बा. प्र ०१–००६ ख ५१६५ नम्बरको पानी ट्याङ्करले भैँसेपाटी मगरगाउँ बस्ने २६ वर्षीया अनिशा भुलनलाई ठक्कर दिएको थियो ।
उनी बा.प्र ०२–०२२ प ५५४५ नम्बरको स्कुटरमा सवार रहेको अवस्था ठक्कर दिएपछि शुक्रबार बिहान मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएकी उनको उपचारका लागि तत्काल अस्पताल पु¥याइएको थियो ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ४९ बजे