१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रसुती गृहबाट बच्चा चोर्ने महिला पक्राउ, सन्तान नभएपछि चोरेको खुलासा



काठमाडौँ । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट बच्चा चोरी गर्ने महिला पक्राउ परेकी छिन् । प्रहरीले बच्चा चोरीमा संलग्न रहेको आरोपमा उनका श्रीमान् र दिदीलाई समेत पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा कोठा लिएर बस्दै आएकी २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । अन्य दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
पक्राउ पर्ने महिलाकी दिदी र श्रीमानसमेत हुन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत् रहेको प्रहरीको भनाई छ । सन्तान नभएपछि बच्चा चोरी गरेको रहस्य खुलेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी रहस्य खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ ।
बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।